• माघ २३, २०७८
  • जुनकिरी खबर

प्रदेश १ मा बन्यो १४ सदस्यीय मन्त्रिपरिषद्

alt

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रिमण्डल १४ सदस्यीय बनाएका छन् । उनले आइतबार आठजनालाई नयाँ मन्त्री नियुक्त गरे । यसअघि १ राज्यमन्त्रीसहित ६ सदस्यी मन्त्रिपरिषद् थियो । ८ जना नयाँ मन्त्री नियुक्त भएपछि प्रदेश १ मा १४ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । जसमा १ राज्यमन्त्री र १३ जना मन्त्री छन् । नयाँ थपिएका मन्त्रीले आइतबारनै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३ महिनापछि राईले गठबन्धनभित्रका कांग्रेस र नेकपा (एकीकृत समाजवादी)बाट ३–३ तथा नेकपा (माओवादी केन्द्र)बाट २ जनालाई आइतबार नयाँ मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी, ताप्लेजुङका प्रतापप्रकाश हाङ्गाम, नेकपा (एकीकृत समाजवादी)बाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू तथा माओवादीबाट खोटाङका रामकुमार राई र झापाका झलकबहादुर मगर मन्त्रिपरिषद्का नयाँ सदस्य हुन् । कांग्रेसका थापाले थापालाई वन, वातावरण तथा भूसंरक्षण, सरावगीले उद्योग, श्रम तथा रोजगार र हाङ्गामले भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा एसका घिमिरेले यातायात व्यवस्था तथा सञ्चार, राईले सामाजिक विकास र लिम्बूले पर्यटन तथा संस्कृति मन्त्रालय सम्हाल्ने अवसर पाए । माओवादीका राई सिँचाई, खानेपानी तथा उर्जा र मगर कृषि मन्त्री बनेका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की यथावत छन् । आङ्बो माओवादी केन्द्र र कार्की कांग्रेसबाट मन्त्री बनेका हुन् ।

सत्तारुढ दललाई मन्त्रालयको भागबन्डा पु¥याउन प्रदेश सरकारले ७ बाट मन्त्रालय विभाजन गरेको थियो । गत आइतबार विभाजन गर्दै मन्त्रालयको संख्या १२ बनाइएको थियो । फेरि भागबन्डा नपुगेपछि एउटा थपेर मन्त्रालयको संख्या १३ पु¥याइएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]