• फागुन १, २०७८
  • जुनकिरी खबर

इटहरी उपमहानगर भित्र १२ करोडको लागतमा प्रसासकिय भवनको शिलान्यास 

alt

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले देशमा राजनितिक स्थिरता नभएकै कारण देश समृद्धि तर्फ अग्रसर हुन नसकेको बताउनु भएको छ । इटहरी उपमहानगरपालिका परिसरमा निर्माण हुन लागेको प्रसासकिय भवनको सिलान्यास कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले देशको हित विपरित विभिन्न दलको अराजकताका कारण देशमा भएको विकास पनि धारासाइ बन्दै गएको बताउनुभयो ।

पोखरेलले राजनितिक स्थरितका नभएका कारण देशले आर्थिक समृद्धी, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रका कुरा भाषणमा मात्र बिकेका कारण अबको राजनितिमाथि आम सर्वसाधरणले विश्वास गर्न पनि नसक्ने वातावरण सिर्जना हुदै गएको समेत बताउनुभयो ।

राजनितिक स्थिरता नभएको अवस्थामा नेकपा एमालेले देश बनाउने कल्पना समेत पुरा गर्न नसकेको उपाध्यक्ष पोखरेलको भनाई थियो ।

इटहरी आउनुभएका पोखरेलले पाँच तलाको लिफ्ट सहितको इटहरी उपमहानगरपालिकामा अपागं मैत्री प्रशासकिक भवनको सिलान्यसा गर्नुभएको छ । आगामी दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको प्रशासकिक भवन १२ करोड ७२ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न हुने जनाइएको छ । भवनमा सोधपुछ शाखा, जिन्सी शाखा, प्रशासनिक तथा अन्य शाखाहरुसँगै प्रमुखहरुको कार्यकक्ष निर्माण हुनेछ ।

भवन शिलान्यास कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी , उपप्रमुख लक्ष्मी गौतम , प्रदेस सभा सदस्य सर्वध्वज साँवा एमाले केन्द्रीय सदस्य अमृता सुब्बा ,एमाले नगर अध्यक्ष याम सुब्बा लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]