• फागुन २२, २०७८
  • जुनकिरी खबर

भरौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साधारणसभा सम्पन्न

alt

बराहक्षेत्र नगरपालिका ५ मा रहेको भरौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दोस्रो साधारणसभा सम्पन्न गरेको छ । शनिबार आफ्नै भवनमा आयोजना गरेको साधारणसभाको १ नं. प्रदेशका जलस्रोत तथा खानेपानी आपूर्तिमन्त्री रामकुमार राईले उद्घाटन गर्नुभएको थियो ।

समितिका अध्यक्ष पुष्प बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय हातामा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टको धारा समेत उद्घाटन गरिएको थियो । नेपाल सरकार खानेपानी डिभिजनको सहयोगमा २०६५ सालमा स्थापना भएको भरौल खानेपानी समितिले स्थानीय राजनीति दलका प्रतिनिधि, बुद्धिजीवी एवम् उपभोक्ताहरूको उपस्थितिमा साधारण सभा गदै वार्षिक आयव्यय समेत सार्वजनिक गरेको थियो ।

साधारणसभामा सहभागी अतिथिहरूले १२ वर्षअघिको भरौलवासीले इनारको लेदो र दुषित पानी पिउनुपर्ने बाध्यतालाई भरौल खानेपानी समितिले हल गरेको भन्दै संस्थाको प्रशंसा गरिएको थियो ।

खानेपानी संस्थानकै पहलमा अहिले ३,४ र ५ नं. वडामा करिब १ हजार ७ सय ६३ र ९५ किलोमिटर मेनलाइन पाइप बिस्तार गरिएको र अब बराहक्षेत्र नगरपालिकाको तीनवटै वडावासीलाई थप खानेपानीको पँहुच बिस्तार गर्ने समितिको लक्ष्य छ ।

कार्यक्रममा बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रुद्र दाहाल, जनता समाजवादी पार्टी बराहक्षेत्र नगर कोषाध्यक्ष कमला थापा, नेकपा एकीकृत समाजवादी नगर सचिव पुस्पराज धामी, माओवादी केन्द्र नगर सचिव अमित गौतम, नेपाली कांग्रेसका नगर सचिव प्रतीक राई, नेकपा एमालेका नगर सचिव राजेन्द्र कार्की, इटहरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर गोपिलाल भगत, तथा विशिष्ट अतिथि १ नम्बर प्रदेश सांसद उमिता बराइलीले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्था प्रति योगदान पुराउने बिभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]