• चैत १, २०७८
  • जुनकिरी खबर

इटहरी नमुना कलेजमा रक्तदान आयोजना 

alt

१६ औं विश्व सामाजिक कार्य दिवसको अवसरमा इटहरी नमुना कलेजले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कलेजको सामाजिक कार्य (बियसडब्लु) विभागद्वारा आयोजना गरिएको कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । जसमा कलेजका विद्यार्थी तथा शिक्षकहरूले रक्तदान गरेका थिए ।

दुर्घटना तथा अन्य कारणले घाइते भएका बिरामीहरूलाई आवश्यक रगत अभाव भइरहेको समयमा कलेजले रक्तदान कार्यक्रम आयोजना गरेको कलेजका प्रिन्सिपल धर्म न्यौपानेले जानकारी दिनुभयो । रेडक्रस सोसाइटीको प्राविधिक समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  सबैलाई समेटौँ नवीन पर्यावरणीय सामाजिक विश्वको सहनिर्माण गरौँ भन्ने अन्तराष्ट्रिय नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाइएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]