• चैत ८, २०७८
  • जुनकिरी खबर

सगरमाथा डेरी र अजोड इन्स्युरेन्सबीच बिमा पत्रमा हस्ताक्षर

alt

सगरमाथा डेरी विशिष्टीकृत सहकारी संघ लिमिटेड इटहरी र अजोड इन्स्युरेन्सबीच कृषि तथा पशुपन्छी बिमा सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । 

तीनदिने अभीर्कता आधारभुत तालिमको समापन समारोहका बीच इन्स्योरेन्सका तर्फबाट दिनेश दाहाल र सहकारी तर्फबाट अध्यक्ष बाबुराम खत्रीले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको थियो । कृषि क्षेत्रमा हुने हानी नोक्सानीबाट किसानलाई असर नपुगोस् र असर भएमा बीमाका माध्यमबाट त्यसको भरपाई होस भन्ने उद्धेशयका साथ सहकारी संघ र बिमा कम्पनी बीच सहमति भएको अध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो ।

साथै अब सहकारी कार्यालय मार्फत कृषि क्षेत्रदेखि सबै क्षेत्रको बिमा गर्नको लागि एजेन्टहरूको सुविधा समेत दिइने बताउनुभयो ।

कार्यक्रममा १५ वटा सहकारी संस्थाका प्रतिनिधि र २० जना प्राविधिक गरी ३५ जनाले कृषि तथा पशुपन्छी बिमा अभिकर्ता आधारभूत तालिम लिएका थिए । तालिममा सहभागीहरूलाई सगरमाथा डेरी विशिष्टीकृत सहकारी संघ लिमिटेड इटहरी र अजोड इन्स्योरेन्सका पदाधिकारीहरूले प्रमाण पत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा धरान डेरी विशिष्टीकृत सहकारी संघका प्रबन्धक जयराम कार्की लगायत बिभिन्न सहकारी संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]