• चैत ११, २०७८
  • जुनकिरी खबर

बर्जुमा शिक्षकहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइयो

alt

कोरोनापछिको समयमा विद्यार्थिहरुको मनोबैज्ञानिक असरलाई सकारात्मक बनाउनका निमित्त बर्जु गाउँपालिकामा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको छ । शुक्रबारबाट सुरु भएको तालिममा बर्जु गाउँपालिकामा रहेका २७ वटा सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ ।

जसमा बालवालिकोमा शाररीक तथा मानसिक रुपमा पारेको असरलाई कसरी विद्यालय स्तरबाट न्युनिकरण गर्न सकिन्छ भन्ने सन्र्भमा तालिम आयोजना गरिएको प्रशिक्षक डा बेणु सिटौलाले जानकारी दिनुभयो । तालिममा सहभागीका रुपमा रहेका शिक्षकहरुले तालिम पश्चात विद्यालयमा सोहि कुरालाई लागु गर्नुपर्ने र गाउँपालिकाले विद्यायमा विद्यार्थिको मनोबैज्ञानिक असरलाई हटाउन प्रयोगात्म कार्यक्रम गर्न गाँउपालिकाबाट बजेटको समेत व्यबस्था गरिने बर्जु गाउँपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रशिक्षकका रुपमा डा वेणु सिटौला, संजिव कुमार यादव र विमल नेपाल लगायतको भुमिका रहने छ भने आयोजको रुपमा राष्ट्रिय सामुदायिक विकास केन्द्र विराटनगर र सहयोगी निकायमा बर्जु गाउँपालिका रहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]