• चैत १३, २०७८
  • जुनकिरी खबर

इटहरी गोल्डकप चैत्र १९ देखी २६ गतेसम्म हुने

alt

बाह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिता चैत्र १९ देखी २६ गतेसम्म हुने भएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण विगत दुई वर्ष प्रतियोगिता हुन नसकेको गोल्ड कप यस पटक विशेष किसिमले गर्न लागिएको आयोजकले इटहरीमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । यस पटक भने इटहरी गोल्ड कप दर्शकले भिआइपी प्याराफिटमा बसेर हेर्न पाउने भएका छन् ।

रङ्गशालामा यसअघि सिमेन्टको प्याराफिट भए पनि पर्याप्त दर्शक बस्न नपाउँदा समस्या हुने गरेको थियो । यस पटक भने सहज रूपमा ८ हजारको सङ्ख्यामा दर्शकहरूले सुविधा सम्पन्न प्याराफिटमा बसेर खेलको मज्जा लिन पाउनेछन् । आयोजक राष्ट्रिय जागृति क्लबले पत्रकार सम्मेलन गरी चैत्र १९ देखी २६ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिइएको छ ।

इटहरी रङ्गशालामा हुने प्रतियोगितामा दुई विदेशी सहित ८ टिमले सहभागी जनाउने गोल्ड कप संयोजक अनुरोध थापाले जानकारी दिए । जसमध्ये मनाङ मर्स्याङ्दी क्लब काठमाडौँ, नेपाल आर्मी क्लब काठमाडौँ, झापा ११, मोरङ ११, आयोजक राष्ट्रिय जागृति क्लब, न्यूरोड टिम काठमाडौँ, एभिनियर फुटबल क्लब क्यामरुन, कन्चनजंगा फुटबल क्लब भारत रहेका छन् । कुल ५४ लाख लागत लाग्ने अनुमान गरिएको प्रतियोगिताको विजेताले ७ लाख पाउनेछन् भने उपविजेताले ३ लाख पचास हजार पाउनेछ ।

यस्तै उत्कृष्ट खेलाडीले यमाहाको स्कुटर र उदयीमान खेलाडीले ४० इन्चको एलइडी टिभी पाउने आयोजकले जनाएको छ ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]