• चैत २१, २०७८
  • जुनकिरी खबर

प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि प्रसाईले दिए जग्गा

alt

नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि कांग्रेस नेता, इटहरी निवासी रोहित प्रसाईँले जग्गा दान गर्नुभएको छ । एक कार्यक्रमकाबीच प्रसाईँले आफनो स्वगीय बुवाआमाको स्मृतिमा जग्गाको धनीपूर्जा हस्तान्तरण समेत गर्नुभएको छ ।

प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीलाई प्रसाईले जग्गाको धनीपूर्जा हस्तान्तरण गर्नुभएको थियो । नेपाली कांग्रेस इटहरीका मेयरका प्रत्याशी समेत रहेका प्रसाईँले इटहरी १७ स्थित पूर्व–पश्चिमा राजमार्गको मुख्य हाइवेमा साढे ६ धूर जग्गा प्रेश युनियन सुनसरीलाई दान दिनुभएको हो ।

धनीपूर्जा हस्तान्तरणपछि कार्यक्रममा बोल्दै कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईँले जग्गामा भवन निर्माणको काम तुरुन्तै अगाडि बढाउनु पर्ने बताउनुभयो । त्यसको लागि आफु भवन निर्माणको लागि समेत पछि नहट्ने बताउनुभयो ।

प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले देशका ७७ जिल्लामध्ये चितवनमा मात्रै युनियनको भवन रहेकाले अब सुनसरीमा भवन निर्माण हुने बताउनुभयो ।

साथै सोही कार्यक्रमको अवसरमा भवन निर्माणका लागि होटल व्यवसायी संघ इटहरीको तर्फबाट अध्यक्ष जीवन पराजुलीले २५ बोरा सिमेन्ट, उवासंघ इटहरीका सदस्य नवराज काफ्लेले ५१ हजार बराबरको इट्टा, रोटरी क्लबकी अध्यक्ष सबिना कोइराला (शोभा) ले २१ हजार नगद, कांग्रेस नेता श्याम रिजाल र गोकुल प्रसाईँले २५–२५ बोरा सिमेन्ट सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]