• चैत २२, २०७८
  • जुनकिरी खबर

इटहरीमा लामखुट्टे विरुद्धको औषधी छिट्दै युवा संघ

alt

इटहरीमा राष्ट्रिय युवा संघ सुनसरीको आयोजनामा लामखुट्टे विरुद्धको औषधी छिट्ने अभियान सञ्चालन गरिएको छ । 

इटहरी उपमहानगरपालिकाबाट शुरु भएको यो अभियान सुनसरीको १२ वटै स्थानीय तहमा सञ्चालन गरिने छ । युवा संघ इटहरी नगर कमिटीको सहयोगमा अहिले इटहरीका बिभिन्न वडामा रातीको समयमा औषधी छिट्ने अभियान चलिरहेको छ । इटहरीको २० नं. वडाबाट शुरु भएको अभियान अहिले ४ वटा वडामा सम्पन्न भइसकेको छ ।

गर्मी याम शुरु भएसँगै लामखुट्टेको जोखिम बढ्ने जसको कारण डेंगु जस्ता अन्य रोग नियन्त्रणको लागि अभियान सञ्चालन गरिएको युवा संघ सुनसरी अध्यक्ष सुजन डुम्जन लामाले बताउनुभयो । स्थानीय सरकारले लामखुट्टे विरुद्धको औषधी छिट्ने कामलाई निरन्तरता नदिएपछि सामाजिक उत्तरदायित्व सम्झेर आफूहरूले रात्रिकालीन समयमा औषधी छिट्ने काम गरिरहेको लामाले बताउनुभयो ।

युवा संघले अहिले इटहरीका बिभिन्न वडाका टोलहरूमा दैनिक १० देखि १२ बजेसम्म औषधी छिट्ने काम गदै आएको छ । पूर्व सूचना दिएर युवा संघले वडामा औषधी छिट्ने काम गर्ने गरेको छ । अहिलेसम्म इटहरीको २०, १९, १६ र ५ नं. वडामा युवा संघले औषधी छिट्ने काम सम्पन्न गरिसकेको छ ।

युवा संघ सुनसरीका पदाधिकारीहरूबाट उठाइएको रकमबाट औषधी छिट्ने मेसिन र औषधी खरिद गरेर अभियान सञ्चालन भइरहेको युथ फोर्स नेपाल सुनसरी प्रमुख रोशन लामाले जानकारी दिनुभयो । औषधी छिट्ने अभियान पछि आर्थिक स्थिति कमजोर भएकाहरूलाई झुल समेत वितरण गर्ने कार्यक्रम राखेको वहाँले बताउनुभयो ।

इटहरीमा पछिल्लो केही साता यता गर्मीसँगै लामखुट्टेको समस्याबाट आजित इटहरीवासीलाई राहत दिन अभियान सञ्चालन गरेको र यसमा विशुद्ध सामाजिक सेवा गर्ने उद्देश्य रहेको एमाले इटहरी नगर समिति सदस्य राजन बानियाँले बताउनुभयो । यस्ता समाजिक कार्यबाट अब आउने युवा पुस्ताहरुले सकारात्मक ज्ञान लिने वहाँको भनाई छ । 

राष्ट्रिय युवा संघ सुनसरी र इटहरी नगर कमिटीले लामखुट्टे विरुद्धको औषधी छिट्ने अभियानसँगै इटहरीका बिभिन्न वडामा निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गदै आएको छ । शिविरमा स्त्री रोग विशेषज्ञ सेवा, हाडजोर्नी, बालरोग, फिजिसियन सेवा, नाक, कान, घाँटीको विशेषज्ञ सेवा तथा दन्त रोग विशेषज्ञ सेवा प्रदान गरिदै आएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]