• चैत २५, २०७८
  • जुनकिरी खबर

सगुन सहकारीद्धारा इनरुवामा कस्टम हायरिङ सेवा केन्द्रको स्थापना

alt

सगुन कृषि सहकारी संस्था लिमिटेड इटहरीले इनरुवा २ स्थित बबियामा किसान लक्षित कस्टम हायरिङ सेवा केन्द्रको स्थापना गरेको छ । बिहिबार एक कार्यक्रमकाबिच १ नं प्रदेश सरकारका कृषि मन्त्री झलक बहादुर मगरले सेवा केन्द्रको उदघाटन गर्नुभयो ।

सगुन सहकारीका अध्यक्ष टिका बनको अध्यक्षतामा भएको कार्यक्रममा इनरुवादेखि दक्षिवर्ती क्षेत्रका कृषकहरुलाई आबश्यक पर्ने आधुनिक कृषि सामाग्रीहरु अब यस हायरिङ सेवा केन्द्रमा उपलब्ध हुनेछ । केन्द्रमा धान काट्ने मेशिन, पराल मुठा बनाउने, हिलोमा धान रोप्ने, थ्रेसर मेशिन जस्ता कृषि सामाग्रीहरु उपलब्ध छन् ।

आधुनिक कृषि प्रणालि अन्तगर्त सहकारीले खरिद गरेको सामानहरु कृषकहरुलाई भाडामा उपलब्ध गराउने उदेश्यका साथ हायरिङ सेवा केन्द्रको स्थापना गरिएको जनाइएको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य मिताराम मेहेता, जनप्रतिनिधि तथा कृषकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]