• वैशाख ३, २०७९
  • जुनकिरी खबर

प्रेश युनियन सुनसरीद्धारा पत्रकारलाई पुरस्कार दिनेगरी अक्षयकोष स्थापना

alt

नेपाल प्रेस युनियन सुनसरीले अक्षयकोष स्थापना गरेको छ । इटहरीका व्यवसायी शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा हरेक वर्ष सक्रिय पत्रकारलाई पुरस्कार दिनेगरी प्रेस युनियनले अक्षयकोष स्थापना गरिएको हो । गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र सिर्जनशील युवा पत्रकारिता पुरस्कारको स्थापना गरिने छ ।

जसमध्ये राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि एक लाख एक हजार रहेको छ भने सिर्जनशील युवा पत्रकारिता पुरस्कारको राशि ५१ हजार रहेको छ । शिवप्रसाद घिमिरेका छोरा सुबोध घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै अक्षयकोषको स्थापना गरिएको हो ।

व्यवसायसँगै सामाजिक काम पनि गर्नुपर्छ भन्ने उदेश्यले उक्त पुरस्कारका लागि रकम प्रदान गरिनेगरी सम्झौता गरिएको अक्षयकोष दाताहरुले बताउनुभयो । यता, युनियन सुनसरी अध्यक्ष अधिकारीका अनुसार निरन्तर सक्रिय रूपमा कलम चलाइरहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गरिनेगरी उक्त राशिको अक्षयकोष स्थापना गरिएको बताउनुभयो ।

प्रेश युनियन सुनसरीले नेपालमै दोस्रो आफनै कार्यालय भवन समेत निर्माण गर्न लागेको छ । यस्तै युनियनले अजोड इन्सुरेन्सको सहकार्यमा २७१ जना पत्रकारहरुको दुर्घटना बिमा समेत गरिसकेको छ ।

 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]