• वैशाख ३, २०७९
  • जुनकिरी खबर

शुभलाभ बचतको मोवाइल बैकिङ्ग सेवा शुरु

alt

सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रविधि मैत्री वनाउदै मोवाइल बैकिङ्ग सेवा सुरु गरेको छ ।

मोरङको लेटाङमा शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आयोजना गरेका एक कार्यक्रमहरुमा मोवाइल बैकिङ्ग सेवा शुरु गरिएको हो । सहकारीलाई प्रविधिमैत्री बनाउने उद्धेश्यले शुभलाभ बचत तथा ऋण सहकारीले मोवाइल बैकिङ्ग सेवा प्रदायक कम्पनी एम बैँक टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौ र सहकारी क्षेत्रकै प्रतिष्ठित सफ्टवेयर निर्माण कम्पनी प्रेमिम टेक्नोलोजी प्रालि काठमाडौसंगको सहकार्यमा मोवाइल बैकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।

मोवाइल वैकिङ्ग सेवाबाट बैकबाट सहकारीमा रकम ट्रान्सफर गर्न सकिने सहकारीबाट बैकमा रकम ट्रान्सफर गर्न सकिने खल्ती , इसेवा, प्रभु पे ,क्युआर ,विद्युत महशुल भुक्तानी ,हवाई टिकट बुकिङ्ग गर्न सकिने सो अवसरमा सहकारीका उपाध्यक्ष दिपक थापाले जानकारी दिनुभयो । कार्यक्रममा सहकारीको नयाँ कार्यसमितिको पदस्थापना समेत गरिएको थियो ।

हालै सम्पन्न भएको सहकारीको साधारण सभाले दिपक पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ कार्यसमितिको उपाध्यक्षमा दिपक थापा रहनुभएकोे छ । सदस्यहरुमा स्वागत श्रेष्ठ ,उमानाथ दाहाल ,रुपनायण भट्टराई , पवित्रा कुमारी घिमीरे निरौला र पवित्रा शर्मा घिमीरे चयन हुनुभएको थियो ।

त्यसै गरी सहकारीको आयोजनामा दुई दिने योग शिविर तथा क्षमता अभिबृद्ध कार्यक्रम गरिएको थियो । योग प्रशिक्षक गंगा ढकालले सहकारीका पदाधिकारीहरुलाई योग प्रशिक्षण दिनुभएको थियो । साथै सामाजिक जीवन जिउने विषयमा भेषराज न्यौपानेको सहजिकरण गदै मोटिभेसन तालिम समेत आयोजना गरिएको थियो ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]