सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ। बिहीबार सुन तोलामा ७० हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक सातादेखि लगातार बढेको सुन बिहीबार पाँच सय रुपैयाँ बढ्दै ७० हजार पुगेको हो। यो सुनको मूल्यको नयाँ रेकर्ड हो।
बुधबार सुन एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो। बुधबार तोलामा ६९ हजार ५ सय रुपैयाँ कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो।
साउन ३ गतेदेखि उकालो लागेको सुनको मूल्य साउन १६ गतेसम्म घट्ने र बढ्ने क्रम जारी रह्यो। साउन १७ गतेदेखि सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ। १७ साउनमा ८ सय रुपैयाँले बढेर सुन तोलाको ६५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved