• वैशाख १२, २०७९
  • जुनकिरी खबर

इटहरीमा बिभिन्न दलहरूले उम्मेदवारी दिने क्रम जारी

alt

इटहरीमा पनि बिभिन्न दलहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट नेपाली काङ्ग्रेसले इटहरी उपमहानगरपालिकाको मेयर र नेकपा एकीकृत समाजवादीले उपमेयरमा उम्मेदवारी दिएका छ्न

मेयरमा हेमकर्ण पौडेल र उप मेयरमा केशव कुमार विष्टले उम्मेदवारी उम्मेदवारी दर्ता गराएका हुन । त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरमा याम कुमार सुब्बा र उम मेयरमा संगीता चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । आज मात्रै सम्पूर्ण उम्मेदवारले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अन्य दलहरूले भने मेयर र उपमेयर पदमा यो समाचार तयार पर्दासम्म आफ्नो उम्मेदवारी दर्ता गराएका छैनन् । मेयर पदमा भने स्वतन्त्र उम्मेदवार पदम अधिकारी र सागर भुजेलले समेत उम्मेदवारी दर्ता गराएका छन् । बाँकी अन्य दलले कुन पदमा क-कसले उम्मेदवारी दिए भन्ने पूर्ण जानकारी आज राती १० बजे मात्र आउने निर्वाचन अधिकृतको कार्यालय इटहरीले जनाएको छ ।

उम्मेदवारी दर्ता गराउने सबै पार्टीका उम्मेदवारहरुले जित सुनिश्चित भइसकेको दाबी समेत गर्न भ्याए । 
 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]