• वैशाख १४, २०७९
  • जुनकिरी खबर

काँग्रेसले इटहरीमा प्रचार प्रसार अभियान सुरु

alt

नजिकी रहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर राजनैतिक दलहरुले चुनाव प्रचारप्रसारलाई तिव्रता दिन थालेका छन । यसै क्रममा सुनसरीको इटहरी उपमहानगरपालिकामा नेपाली काँग्रेसले चुनाव केन्द्रीत भातृ संगठन तथा शुभेच्छुक संस्थाहरुसंग छलफल बैठक गरी प्रचारप्रसार अभियान सुरु गरेको छ । आफना उमेदवारीहरुलाई विजयी गराउन नेपाली काँग्रेस इटहरीले भातृ तथा शुभेच्छुक संठगनहरु परिचालनका गर्ने विषय केन्द्रीत छलफल आयोजना गरेको हो ।

छलफल तथा बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगाना लगायतका नेताहरुले  काँग्रेसका उमेदवारहरुलाई विजयी वनाउन भातृ तथा शुभेच्छुक संगठनहरु समेत सक्रियताका साथ लाग्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नम्बर १ समितिका सदस्य सिजन गुरुङ , इटहरी उपमहानगरपालिकाका प्रमुख पदका उमेदवार हेमकर्ण पौडेल प्रमुख पदका आकाँक्षी भिम पौडेल लगायतले काँग्रेसलाई जिताउन आग्रह गरे ।

इटहरी उपमहानगरपालिकामा  २०७४ सालको स्थानीय तहको निर्वाचनमा २० वटा मध्ये नेपाली काँग्रेसका उमेदवारहरुले १२ वडामा विजय हासिल गरेका थिए  भने नगरप्रमुख र उपप्रमुख सहित एमालेले ८ वटा मात्र वडा जितेको थियो ।  यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले गठवन्धनको तर्फबाट प्रमुख र नेकपा एकीकृत समावादीवादीका तर्फबाट उपप्रमुखमा केशवकुमार विष्ट उमेदवार रहेका छन ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]