• वैशाख १७, २०७९
  • जुनकिरी खबर

इटहरीमा जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरियो 

alt

इटहरी उपमहानगरपालिकामा जनता समाजवादी पार्टी बाहेक ३ दलको गठबन्धन बनेको छ। नेपाली काँग्रेसले मेयर सहित १७ वडामा उम्मेदवार उठाएको छ।  नेकपा (एकीकृत समाजवादी) पार्टीले उपमेयर सहित १ वडामा उम्मेदवार उठाएको छ भने माओवादी केन्द्रले भने २ वडाध्यक्ष सहित १७ वडा सदस्य पाएको छ। 

शुक्रवार राती मात्र टुङ्गो लागेको गठबन्धनमा जसपाले भने भाग पाएन। उता माओवादी र नेकपा एसलाई भने फाइदा पुगेको छ । अघिल्लो निर्वाचनमा एउटा वडा सदस्य मात्र जितेको माओवादी केन्द्रले वडाध्यक्ष पाएर फाइदामा छ भने नेकपा एसले उपमेयर सहित वडाध्यक्ष पाएको छ । माओवादीले वडा नम्बर १० मा झमक प्रसाद पराजुली र १८ नम्बरमा राजदेश चौधरीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ। उपमेयरमा नेकपा एसले पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिस्ट र वडा नम्बर १४ को अध्यक्ष प्रेमचन्द रौतारलाई उठाएको छ ।

सहमति हुनु अगावै उम्मेदवारी दर्ता गराएको जसपाले भने उम्मेदवारी फिर्ता लिएन। वडामा भाग नपाएपछि जसपा गठबन्धनमा नपरेको हो । मेयरमा जसपाका इटहरी अध्यक्ष डिल्ली प्रसाद लिम्बु र उपमेयरमा योसा गुरागाईँले उम्मेदवारी दिएकी छिन् । त्यस्तै १८ नम्बरमा उपेन्द्र कुमार चौधरी र ११ नम्बरमा जय नारायण चौधरीलाई जसपाले वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

गठबन्धनमा जाने हिसाबले आफू तयार भए पनि त्यसको लागि अन्यदलहरुले धोखा दिएको उपमेयरकी उम्मेदवार योसा गुरागाईँले बताइन् । उपमेयर पाएको नेकपा एसले आफ्नो लागि मात्र बार्गेनिङ गर्दा पार्टीले गठबन्धनमै मत हाल्नुपर्ने निर्देशन दिन सक्ने भएको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]