• वैशाख १८, २०७९
  • जुनकिरी खबर

इटहरीमा गठबन्धनको २५ बुँदे संकल्प पत्र सार्वजनिक

alt

स्थानीय तहको निर्वाचनको लागि इटहरीमा गठबन्धनले २५ बुँदे संकल्प पत्र सार्वजनिक गरेको छ । सुशासन र पारदर्शितालाई प्राथमिकता दिइएको संकल्प पत्र गठबन्धनका उम्मदेवार र सम्बद्ध दलका नेताहरुको उपस्थितीमा आइतबार सार्वजनिक गरिएको हो ।

संकल्पपत्रमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, डुबानको समस्या समाधान, सहरी सौन्दर्यीकरण कृषि, भाषा संस्कृतिको संरक्षण, फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । इटहरीमा सबै ठाउँमा खानेपानी आपूर्तिको व्यवस्था गरिने, एक हजार स्क्वायर फिटसम्मको आवासीय क्षेत्रको घर नक्सा पास निःशुल्क पास गर्ने व्यवस्था मिलाउने, इटहरीको मुख्य बजार क्षेत्रमा स्मार्ट पार्किङको व्यवस्था गरिनेलगायतका विषयहरु संकल्प पत्रमा उल्लेख छन् ।

संकल्प पत्र सार्वजनिक गदै मेयर पदका उम्मेदवार हेमकर्ण पौडेलले सबैको साथ र सहयोगबाट इटहरीमा गठबन्धनले निर्वाचन जित्नु पर्ने बताउनुभयो ।

यस्तै संकल्प पत्रमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसनको प्रबन्ध गरिनेछ । औद्योगिक विकास, सामाजिक विकास, महिला तथा बालबालिकाका लागि विशेष कार्यक्रम, कला साहित्य, खेलकुद, पर्यटनको विकासका निम्ति विशेष कार्यक्रम ल्याइनेछ । संकल्प पत्रमा राजस्व अभिवृद्धि र कर नीति अन्तर्गत करको दरमा पुनरावलोकन गरिने र दायरा बढाइने समेत उल्लेख छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इटहरीमा गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्ट उम्मेदवार छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]