• वैशाख १८, २०७९
  • जुनकिरी खबर

एमालेले इटहरीमा फेरी पनि लाल किल्ला कायम राख्छ

alt

इटहरीमा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका नेताहरुले एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको छ । एमाले नेताहरुले इटहरीमा मेयर, उपमेयर तथा वडाका उम्मेदवारलाई जिताउन नेताहरुले आग्रह गर्नुभयो । आइतबार बुद्धिजीवी परिषद्ले आयोजना गरेको कार्यक्रममा इटहरीमा प्रभाव राख्ने जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेताहरुले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उम्मेदवार छनोटपछि कतिपय नेता तथा कार्यकर्ताबीच असन्तुष्टी बढेको र इटहरीमा रहेका एमालेका अगुवा नेताहरुबीच तिक्तता रहेको चर्चा चलिरहेका बेला सबै नेताहरुले एकताको सन्देश दिएका हुन् । सो क्रममा अहिलेका मेयर द्दारिकलाल चौधरीले नेपाली काँग्रेस आउट डेटेड पार्टी भएको आरोप लगाउँदै इटहरीमा जित्ने काँग्रेसको सपना अधुरै रहने दावी गर्नुभयो ।

कार्यक्रममा इटहरीका मेयर द्वारिकलाल चौधरी, उपमेयर तथा एमाले केन्द्रिय सदस्य लक्ष्मी गौतम, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी, प्रदेश सांसद लिलम बस्नेत, सर्वध्वज साँवा, केन्द्रिय सदस्य अमृता सुब्बा, एमाले केन्द्रिय सदस्य तैयब हुसैन, एमाले नेताहरु रामप्रसाद चौलागाई, हिमाल सुवेदी, रेवती घिमिरे, अमला श्रेष्ठलगायतले उम्मेदवारको पक्षमा ऐक्यबद्धता जनाउनु भएको थियो । कार्यक्रममा एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नं. १ इन्चार्ज देवराज घिमिरेको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]