• वैशाख २०, २०७९
  • जुनकिरी खबर

शिक्षाको गुणस्तर वृद्विका लागि गुरुयोजना बनाउँछु : हेमकर्ण पौडेल

alt

इटहरी उपमहानगरपालिकामा मेयरका उम्मेदवार हेमकर्ण पौडेलले इटहरीको शैक्षिक गुणस्तर वृद्विका लागि गुरुयोजना बनाएर काम गर्ने बताएका छन् ।

मंगलबार (आज) इटहरीका बुद्विजिवीहरूसँगको छलफलमा उनले यस क्षेत्रको शिक्षाको गुणस्तर वृद्विका लागि आफूले विज्ञहरूसँग समन्वय गर्दै गुरुयोजना बनाएर काम गर्ने बताएका हुन् ।

‘हाल शैक्षिक हिसाब कमजोर भयो, नीति बनाउने, कानून बनाउने र व्यवस्थापकीय पक्षलाई अब्बल बनाउन मेरो महत्वपूर्ण भूमिका रहनेछ,’ पौडेलले भने, ‘शिक्षाको गुणस्तर वृद्धिका निम्ति एमालेको सरकारसँग कुनै योजना छैन, अभियान छैन, अब शिक्षा क्षेत्रको गुणस्तर वृद्विसँगै इटहरीको साझा विकासका लागि हामीलाई काम गर्ने अवसरको खाँचो छ ।’

एमालेले इटहरीमा नेतृत्व गरेपनि जनता असुरक्षित भएको उनको तर्क छ ।‘सरकार प्रमुखदेखि नै नागरिक डराएर हिड्नुपर्ने बाध्यता छ,’ पौडेलले भने, ‘हुन त नेतृत्वको क्षमता जति छ, त्यति नै विकास गर्ने हो, मैले मेरो क्षमताले भ्याएसम्म यहाँहरूसँग अन्तरक्रिया गरेर विकासको काममा अग्रसर रहन्छु ।’

उनले पछिल्लो समय सरकारी विद्यालयका शिक्षकहरू नै दलमा रहेकाले शिक्षाको गुणस्तर खस्किएको बताउँदै त्यसलाई परिष्कृत गर्नेमा जोड दिए ।

‘मानिस जिम्मेवार बन्नुपर्छ, दुई वर्ष बाटो नबनाउँदा केही बिग्रदैँन, यसपटक इटहरीका आम नागरिकलाई अनुभूत हुने किसिमको काम गर्ने तयारीमा हामी छौँ,’ उनले आफूले निर्वाचित भएको अवस्थामा गर्ने कामबारे योजना सुनाउँदै भने, ‘यसपटक जुनसुकै दलमा रहेका मानिसहरूले पनि परिवर्तनको पक्षमा मत हाल्नुस्, एकपटक मात्रै कांग्रेसले अवसर पाएको अवस्थामा हामी सकारात्मक काम गर्नेछौँ ।’

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]