• वैशाख २१, २०७९
  • जुनकिरी खबर

वैशाख २४ गते धरान र इटहरीमा केपी ओली आउँदै

alt

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली वैशाख २४ गते धरान आउने भएका छन् । 

नेकपा एमालेको निर्वाचन परिचालन कमिटीले आज धरानमा पत्रकार सम्मेलनको आयोजना गरी धरानमा नेकपा एमालेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्नका लागि पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओली धरान आउने जानकारी दिएको हो । 

निर्वाचन परिचालन मूल कमिटीका संयोजक मुरारी सुवेदीले धरानको भानुचौकमा दिउसो १२ बजे देखि हुने चुनावी सभामा १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने जानकारी दिए । उक्त सभा एमालेको अन्तिम चुनावी आमसभा हुने भएकोले सबैभन्दा ठुलो र व्यवस्थित सभा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा नेकपा एमालेको निर्वाचन प्रचार प्रसार कमिटीका सहसंयोजक भीम राई ज्वाला र निर्वाचन परिचालन मूल कमिटीका संयोजक मुरारी सुबेदीले आगामी वैशाख २४ गतेको चुनावी सभा र नेकपा एमालेको चुनावी अभियान बारेमा आ आफ्नो धारणा राखेका थिए । 

यसैबिच चुनावी सरगर्मी उत्कर्षमा पुग्दै गर्दा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली इटहरीमा पनि वैशाख २४ गते नै आउने भएका छन् । एमाले इटहरीको चुनावी सभालाई सम्बोधन गर्न वैशाख २४ गते अध्यक्ष ओली इटहरी आउन लागेका हुन् ।  अध्यक्ष ओलीले साथी पेट्रोलपम्प दक्षिण पूर्वमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

उनले वैशाख २४ गते बिहान साढे १० बजेदेखि कार्यक्रम सुरु हुने एमाले इटहरीले जनाएको छ । सभामा अध्यक्ष ओलीसँगै एमालेका केन्द्र, प्रदेश र जिल्ला स्तरका प्रभावशाली नेताहरूको समेत उपस्थिति रहने जनाइएको छ । सभामा इटहरीभरबाट २५ हजार बढीको सहभागिता गराउने एमाले इटहरीले लक्ष्य राखेको छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]