• वैशाख २४, २०७९
  • जुनकिरी खबर

बराहक्षेत्र नगरपालिकामा आर्थिक अनियमितता भएको अर्थ बिश्लेसकको दाबी

alt

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुनसरीको बराहक्षेत्रमा भने नगरप्रमुखको उम्मेद्बारी प्रति अर्थ बिश्लेसकहरू असन्तुष्ट देखिएका छन् । अघिल्लो ५ वर्षको कार्यकाल सकेर पुनःमेयर पदमा उम्मेद्बारी दिएका नगरपालिकाका तत्कालिन प्रमुख निलम खनालप्रति अर्थ बिश्लेसकहरु असन्तुष्ट बनेका हुन् । 

अघिल्लो ५ बर्से कार्यकालमा नगरको बिकाश निर्माणमा चरम अनियमितता भएको भन्दै खनाल नगरकै भ्रष्ट र असक्षम मेयर भएको पत्रकार सम्मेलन मार्फत अर्थ बिश्लेसक देवी प्रसाद दाहालको समूहले बताएका छन् । महालेखा परिक्षकको कार्यालयले पटक पटक सुधार गर्न आग्रह गर्दा समेत मेयर खनालले बजेटको दुरुपयोग र आफ्नै मनमानी गरेको अर्थ बिश्लेसक दाहालको भनाई रहेको छ ।

अघिल्लो ५ बर्से कार्यकालको समिक्षाको आधारमा भ्रस्टाचारलाई बढावा दिएको हुँदा पुनः खनाल मेयर पदमा दोहोरिनु नहुने दाहालले बताए । मेयर खनालले नगर प्रमुख रहँदा गरेको भ्रस्टाचार तथा अनियमितताको प्रमाण २०७५ साल देखि ७८ साल सम्मको महालेखा परिक्षककको कार्यालय काठमाण्डौले तयार पारेको वार्षिक प्रतिवेदनमा पनि उल्लेख रहेको बिश्लेसक दाहालले जानकारी दिएका छन् । 

आगामी बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा उनलाई मत हाल्नु या दिनुभन्दा अघाडी खनालले ५ वर्षको अवधिमा के के बिकाश गरे कति आर्थिक अनियमितता गरे त्यो बिचार गरेर मात्र भोट हाल्न नगरवासीहरुलाई बिश्लेसकहरूले अनुरोध गरेका छन् । 

बराहक्षेत्र नगरपालिकामा पछिल्लो ७५ साल देखि नै महालेखा परिक्षकको कार्यालयले करोडौं बेरूजु सहित बिकाश निर्माणका कामहरूमा पनि भ्रष्टाचार तथा अनियमितता हुने गरेको औंल्याउदै आएको प्रतिवेदन पनि पत्रकार सम्मेलनमा देखाईएको थियो । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]