• जेठ २, २०७९
  • जुनकिरी खबर

सुनसरीमा सोमबारसम्म सवैभन्दा बढी वडा जित्नेमा कांग्रेस

alt

सुनसरीमा सोमबारसम्म सार्वजनिक भएको चुनाबी नतिजा अनुसार नेपाली काँग्रेसले सवैभन्दा बढी वडा जितेको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको नतिजामा नेपाली काँग्रेसले जिल्लाका १५ वडा वडा जितेको छ । ३० वटा वडाको नतिजा सार्वजनिक गरिएको एमालेले १० वटा वडा जितेको छ।

एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले दुई(दुईवटा वडा जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले एउटा वडा जितेको छ। निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार धरान उपमहानगरपालिका वडा नं. ४ मा नेकपा एमालेका धनबहादुर राई विजयी हुनुभएको छ ।

उहाले ८२६ मत ल्याएर विजयी हुनुभएको हो । आइतबार नै सार्वजनिक भएको नतिजा अनुसार धरान उपमहानगरपालिका वडा नं १ मा नेपाली कांग्रेसका यज्ञमणी आचार्य, वडा नं. २ मा नेकपा एमालेका रमेश राई र वडा नं ३ मा गठबन्धनबाट कांग्रेसका अध्यक्ष विद्या शाक्य वडाध्यक्षमा विजयी हुनुभएको थियो । इटहरी उपमहानगरपालिका वडा नं. १ मा २० नेपाली काँग्रेसले जितेको छ। जसमा वडा नं. १ मा रतन कार्कीले १७४७ मत ल्याएर विजयी हुनुभएको छ ।

वडा नं. २० मा नेपाली काँग्रेसकै मणीराम श्रेष्ठले २४०६ मत ल्याएर विजयी हुनुभएको छ। सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नं. १० र १ मा नेपाली काँग्रेसले जितेको छ। दुहवी नगरपालिका वडा नं. २ मा नेपाली काँग्रेस, वडा नं. ३ मा नेकपा एमाले र वडा नं. १ मा पनि एमालेले नै जितेको छ। यसैगरी, रामधुनी नगरपालिका वडा नं. १ मा नेपाली काँग्रेसका मेहष चौधरी र वडा नं. २ मा एमालेका रामनारायण चौधरीले प्यानलसहित विजयी हुनुभएको छ । बराहक्षेत्र नगरपालिका वडा नं. १ मा नेकपा एमालेका किसन थापाले १२३८ मत ल्याएर विजयी हुनुभएको छ ।

यस्तै, बर्जु गाउँपालिका वडा नं. ३ मा नेपाली काँग्रेस, वडा नं. १ र २ मा एमालेले जितेको छ। हरिनगर वडा नं. ६ मा नेपाली र वडा नं. ७ मा एकीकृत समाजवादीले जितेको छ। यस्तै, भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ३ मा एकीकृत समाजवादी पार्टी, वडा नं. ४ मा नेपाली काँग्रेस र वडा नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ। कोशी गाउँपालिका वडा नं. वडा नं. २ मा नेपाली काँग्रेस, वडा नं. ४ मा नेकपा एमाले, वडा नं. १ मा जनता समाजवादी पार्टीले जितेको छ।

देवानगञ्ज गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेस, वडा नं. ४ मा जनता समाजवादी र वडा नं. ५ मा नेकपा एमालेले जितेको छ । गढी गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसले जितेको छ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]