• जेठ ५, २०७९
  • जुनकिरी खबर

इनरुवामा केदार रामधुनीमा शंकरलाल विजयी

alt

सुनसरीको रामधुनी नगरपालिकामा एमालेबाट मेयरमा शंकरलाल चौधरी र उपमेयरमा तारा थापा विजयी हुनुभएको छ । चौधरीले १३ हजार ७७२ मत ल्याएर विजयी हुनुभएको हो भने उपेयरमा थापाले १३ हजार १२८ मत ल्याएर विजयी हुनुभएको छ। चौधरीका निकटम प्रतिद्दन्दी मेयरमा नेपाली काँग्रेसका सुदिप अधिकारीले ११ हजार ४३५ मत ल्याउनुभएको छ ।

थापाकी निकटम प्रतिद्दन्दी काँग्रेसकै आशा चौधरीले १० हजार ४९३ मत ल्याउनुभयो ।

यस्तै इनरुवा नगरपालिकामा नेपाली काङ्ग्रेसका मेयर र उपमेयरमा बिजयी हुनुभएको छ । काग्रेसको सुनसरी जिल्ला पार्टी सभापति समेत रहनु भएका केदार भण्डारीले ११हजार ८सय ५३ मत प्राप्त गदै बिजय हासिल गर्नुभयो । वहाँका निकट प्रतिस्पर्धी एमालेका सरोज पोखरेलले ९हजार ५३ मत प्राप्त गर्नुभयो । उपमेयरमा नेपाली काङ्ग्रेसकै बिनिताकुमारी मेहता ११हजार ४सय ८० मत ल्याएर बिजयी हुनुभयो ।

उनकि निकट प्रतिस्पर्धी एमालेकी सहजादी परविनले ९हजार ५ सय ३७ मत प्रप्त गर्नुभयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]