• जेठ ७, २०७९
  • जुनकिरी खबर

हरिनगरामा फेरी गफार अन्सारी विजयी

alt

सुनसरीको हरिनगरा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी हुनुभएको छ । नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा गफार अन्सारी र उपाध्यक्ष पदमा रिमझिम कुमारी भगत दोश्रो कार्यकालको लागि बिजयी हुनुभएको हो ।

दुवै यस अघि २०७४ मा पनि निर्वाचित अध्यक्ष र उपाध्यक्ष रहनुभएको थियो । अध्यक्ष पदमा गफार अन्सारीले ६ हजार १ सय७२ मत र उपाध्यक्ष पदमा रिमझिम कुमारी भगतले ६ हजार २ सय १३ मत प्राप्त गरी बिजयी हुनुभएको जनाइएको छ । अध्यक्ष पदमा बिजयी भएका गफार अन्सारीको प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट हरिनगर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार लस्करी अन्सारीले ५ हजार १ सय ५४ मत प्राप्त गरी पराजित हुनुभयो ।

अध्यक्ष अन्सारीले उनलाई १ हजार ८ मतले पछि पार्दै बिजयी हुनुभएको हो । त्यस्तै हरिनगर गाउँपालिकाको उपाध्यक्ष पदमा बिजयी भएकी रिमझिम कुमारी भगतको प्रतिद्वन्द्वी नेकपा एमालेकी कोशिला कुमारी साहुलाई ८ सय ७ मतले पछि पार्दै उनी बिजयी हुनुभएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]