• जेठ ८, २०७९
  • जुनकिरी खबर

इटहरीमा कांग्रेसले इतिहास रच्न सफल 

alt

नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिकामा पहिलो पटक नेतृत्व गर्ने अवसर पाएको छ। गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हेमकर्ण पौडेलको विजयीसँगै काँग्रेसले इतिहास बनाएको हो ।
 
आइतबार बिहान सम्पन्न मतगणना अनुसार पौडेलले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका याम कुमार सुब्बालाई ५ हजार १८ मतान्तरले पराजित गरेका छन् । जम्मा ७३ हजार ८ सय ३२ मत खसेको इटहरीमा पौडेलले ३३ हजार ४९ मत पाउँदा सुब्बाले २८ हजार ३१ मत मात्र ल्याउन सके ।
 
उपमेयरमा एमालेकी उम्मेदवार सङ्गीता चौधरीले ३२ हजार ४ सय ३६ मत ल्याएर विजयी भएकी छिन् । उनले नेकपा एकीकृत समाजवादीका केशव कुमार विष्टलाई १४ हजार ४ सय ५ मतको फराकिलो अन्तरले पराजित गरिन् । गठबन्धनको उम्मेदवार रहेका विष्टले १८ हजार ३१ मत पाए ।
 
२० वडा रहेको इटहरीमा मेयर पद हात पारे पनि नेपाली काँग्रेसले बहुमत वडाहरू गुमाएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा १२ वटा वडा जितेको काँग्रेस यस पटक ४ वटामा खुम्चिएको छ। एमालेले १५ वटा वडा जितेको छ । एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]