• जेठ ९, २०७९
  • जुनकिरी खबर

नवनिर्वाचित इटहरीका मेयर पौडेलद्दारा पाँच वुँदे निर्णय

alt

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सोमबारदेखि पदभार ग्रहण गरि पाँच बुँदे निर्णय सार्वजनिक गर्नुभएको छ। मेयर पौडेलले गरीब, दलित, अल्पसंख्यक, विपन्न, असक्त, महिला, बालबालिका तथा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य विमा गर्ने निर्णय गरिएको छ।

यस्तै, इटहरी उपमहानगरपालिका क्षेत्रका महिलाहरुलाई नवजात शिशु पोषण अन्तर्गत दुई हजार एक सय उपलब्ध गराउने निर्णय गरिएको छ। मेयर पौडेलले सरकारले लागू गरेको स्वास्थ्य बिमा अन्तर्गत उपचार गर्न बाहिर जादा लिनुपर्ने रिफर लेटर सम्बन्धित वडाको स्वास्थ्य संस्थाबाटै लिन व्यवस्था मिलाइने निर्णय गर्नुभएको छ।

साथै, सार्वजनिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि अग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउने प्रवन्ध गर्ने निर्णय गरिएको छ।

नगर कार्यपालिकाको नगरसभा र नगर कार्यपालिकाको बैठक सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने निर्णय पनि गरिएको छ। मेयर पौडेलले गरेका निर्णयमा उपमेयर संगीता चौधरीले भने हस्ताक्षर गर्न अस्वीकार गर्नुभयो । उहाँले एक छिनमा गर्ने बाहना बनाएर अस्वीकार गर्नुभयो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]