• जेठ ९, २०७९
  • जुनकिरी खबर

धरानमा विजयी जनप्रतिनिधीको सपथग्रहण तथा पदभार

alt

धरान उपमहानगरपालिकामा विजयी जनप्रतिनिधीको सोमबार सपथग्रहण तथा पदभार कार्यक्रम गरिएको छ।
धरानमा विजयी मेयर, उपमेयर, २० वटै वडाका वडाध्यक्ष र सदस्यको सपथग्रहण तथा पदभार गरिएको हो । स्वतन्त्रबाट मेयरमा विजयी हर्क साम्पाङ्ले मुख्य निर्वाचन अधिकृत कैलाशप्रसाद सुवेदीसमक्ष सपथग्रहण गरेपछि उपमेयर, वडाध्यक्ष र सदस्यलाई सपथग्रहण गरियो ।

धरान १२ निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न सपथग्रहणमा शुरुमा मेयर साम्पाङले नेकपा माओवादी केन्द्रबाट उपमेयरमा विजयी भएका आइन्द्रा विक्रम बेघालाई सफथग्रहण गराउनुभएको थियो । त्यसपछि मेयर साम्पाङले वडाबाट निर्वाचित वडाध्यक्ष तथा वडासदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सपथग्रहण भएपनि मेयर साम्पाङले मंगलबारबाट मात्र उपमहानगरपालिकाको कार्यभार सम्हाल्ने हुनुभएको छ ।

उपमेयर बेघाले भने सोमबारबाटै उपमहानगरपालिकाको कार्यभार सम्हाल्नुभएको छ ।सपथग्रहण कार्यक्रमा निर्वाचन अधिकृतको कार्यालयका अधिकृत पुष्करराज नेपाल, निर्वाचन अधिकृत कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि लगायतको सहभागितामा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

धरानमा सम्पन्न निर्वाचनबाट पहिलो पटक स्वतन्त्र उमेद्वार हर्क साम्पाङ मेयरमा निर्वाचित हुनुभएको हो । उपमेयरमा गठबन्धनका तर्फबाट उमेद्वार बन्नुभएको माआवादी केन्द्रका आइन्द्रविक्रम बेघा निर्वाचित हुनु भएको छ । यसैगरी २० वडा रहेको धरानमा १० वडा नेकपा एमालेले, ७ वडा नेपाली काँग्रेस, एक वडा स्वतन्त्र, एक वडा राप्रपा र एक वडा माओवादी केन्द्रले जित हात पारेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]