• जेठ १२, २०७९
  • जुनकिरी खबर

विद्यार्थी बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ

alt

 इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई पाँच वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । तत्कालीन प्रिन्सिपल राजकुमार खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको सीआईबीका एसपी कमल थापाले बताए ।

उनले एक जना विद्यार्थीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर विद्यार्थीलाई बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेका थिए ।

पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालय, सुनसरी पठाइएको थापाले बताए ।

काठमाडौंमा सौन्दर्य प्रतियोगिताको नाममा प्रतिष्पर्धीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि इटहरीको यो घटना पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।  सार्वजनिक घटना अनुसार २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका-१० स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने बाटोमा पर्ने जनहित गेस्ट हाउसमा प्रिन्सिपल खड्काले बलात्कार गरेका थिए ।

त्यसपछि अर्कै विद्यालयमा पढिरहेकी छात्रालाई विहे गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक-पटक मानसिक तनाव दिदै जबरजस्ती करणी गरेको भनी पीडितले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्याललय सुनसरीमा जाहेरी दिएकी थिइन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]