• जेठ १६, २०७९
  • जुनकिरी खबर

इटहरीमा पेस्तोल र लागूऔषधसहित तीन जना पक्राउ

alt

सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित जनता टोलबाट प्रहरीले पेस्तोल र लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका–४ बस्ने १९ वर्षीय धनबहादुर राई, २७ वर्षी टीका राई र इटहरी–५ बस्ने २८ वर्षीय धनबहादुर राई रहेका छन् । प्रहरीले उनीहरूको साथबाट लेबल नभएको लागूऔषध २४ एम्पुल र मेडइन यूएसए लेखिएको १ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन बरामद गरेको जनाएको छ ।

पेस्तोल बोकेका युवाहरुले लागूऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राति ११ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर सोमबार मात्र सार्वजनिक गरेको हो ।

प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार उनीहरूमाथि हातहतियार सम्बन्धी र लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]