• साउन २४, २०७६
  • जुनकिरी खबर

पूर्वराजा ज्ञानेन्द्र थाइल्याण्डतर्फ, भदौ २२ मा मात्र फर्कने

alt

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् । निजी कामका लागि भन्दै शाह आज बैंककतर्फ लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहले आफु नितान्त निजी काममा थाइल्याण्ड जान लागेको बताएका छन् ।

उनी भदौ २२ मा मात्र नेपाल फर्कने जानकारी दिइएको छ । 

केही दिनयता निजी काम, उपचार र बिदा मनाउने भन्दै शीर्ष नेताहरु देशबाट बाहिरिएका बेला पूर्वराजा शाह पनि बैंककतर्फ लागेका हुन् । 

सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि हाल देश बाहिरै छन् । यहि साउन १८ गते उपचारका लागि भन्दै सिंगापुर गएका ओली आइतवार स्वदेश फर्कने भएका छन् । यसअघि उनी शुक्रबार (आजै) स्वदेश फर्कने बताइएको थियो । 

सत्तारुढ दलकै अर्का अध्यक्ष पुष्पकमल दाहाल भने साउन १८ गते नै चार दिने बिदा मनाएर दुबईबाट नेपाल फर्किएका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]