• जेठ १७, २०७९
  • जुनकिरी खबर

सुनसरीको बाँध खोलामा डुबेर एक जनाको मृत्यु

alt

सुनसरीको कोशी गाउँपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत भिमनगर १३ लालपुर घर भई सुनसरीको कोशी गाउँपालिका ८ बस्ने रवीन्द्र शर्माको घरमा पाहुना आएका १६ वर्षीय राजेश शर्मा रहेका छन् । 

आज दिउसो पौने १ बजे नुहाउने क्रममा खोलामा डुबेको स्थानीयले देखी उपचारको लागी स्थानिय क्लिनिक भण्टाबारीमा लाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी शवको पोस्टमार्टमको लागी जिल्ला अस्पताल इनरुवा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]