• जेठ १८, २०७९
  • जुनकिरी खबर

सप्तकोसी किनाराबाट ७० लाख बराबरको गाँजा बरामद

alt

सुनसरीको बराहक्षेत्र  नगरपालिका–२ स्थित सप्तकोसी नदी किनारा (खयर टप्पु) बाट बुधबार बेवारिसे अवस्थामा ३ सय ५० बोरा गाँजा बरामद भएको छ । गाँजालाई ११ वटा बोराको पोका बनाइएको अवस्थामा बरामद गरिएको चतरास्थित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक निगम राईले बताए । सुनसरीमा हालसम्मकै धेरै परिमाणमा गाँजा बरामद भएको यो पहिलो घटना हो । 

तस्करहरुले सर्वसाधारण र प्रहरी प्रशासन हत्तपत्त नजाने मानव बस्तीविहीन टप्पुमा राखेको अवस्थामा गाँजा बरामद भएको हो । प्रहरीले गाँजा तस्करीमा संलग्न भने पक्राउ गर्न सकेको छैन । खयर टप्पुमा ठूलो मात्रामा गाँजा बरामद भएको सशस्त्रका प्रहरी निरीक्षक राईले बताए । चतरास्थित सशस्त्र वेस क्याम्पबाट खटिएको मोबाइल गस्ती टोलीले गाँजा बरामद गरेको हो । गाँजाको मूल्य करिब ७० लाख रुपैयाँ रहेको छ ।

गाँजा धनकुटाबाट कोसीको जलमार्ग हुँदै भारतीय बजार पुर्‍याउने गिरोहले ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ ।

 

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]