• असार ५, २०७९
  • जुनकिरी खबर

१ नं. प्रदेशको सर्वोत्कृष्ट प्रहरी भए सहायक हवल्दार ओझा

alt

इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

इटहरी ४ गोपाल टोलमा अवैध हात हतियार देखाई स्थानियवासीहरुलाई धाकधम्की दिदै त्रसित बनाई रहेको अवस्थामा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिबन्धित लागुऔषध सहित पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।

पुरस्कृत भएका ओझाले विभागीय मुल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुका साथै चोरी, कर्तव्य ज्यान लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउनमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ । 

इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरी कार्यरत ओझालाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै उनको तस्विर सम्मान स्वरुप १ नं. प्रदेश प्रहरी कार्यालयमा राखिने छ । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]