• असार ६, २०७९
  • जुनकिरी खबर

इटहरी उद्योग वाणिज्य सङ्घको निर्वाचन सर्‍यो

alt

उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन आगामी भदौ महिना भित्र हुने भएको छ । यही असारमा कार्यकाल पुरा भएको नेतृत्वले विधानमा उल्लेख भएको ६० दिनको म्यादलाई आधार बनाएर भदौ भित्र अधिवेशन गर्न लागेको हो ।

अधिवेशनको मिति पछाडि धकेलिए सँगै धमाधम नवीकरण प्रक्रिया सुरु भएको छ । अधिवेशन अर्को आर्थिक वर्षमा हुने भएपछि नयाँ नवीकरण जरुरी रहेको महासचिव पीताम्बर पोखरेलले बताए । असार पछाडि चुनाव हुँदा नयाँ  नवीकरण भएका व्यवसायीले मात्र मत हाल्ने पाउने भएका छन् ।

२०७७ चैत ७ गतेको साधारण सभाले निर्वाचनको अघिल्लो आर्थिक वर्षभित्र नवीकरण नगरे भोट हाल्न नपाउने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुरूप व्यवसायीहरू नवीकरणको लागी अहिले उवासंघ कार्यालय धाउन थालेका छन् । अघिल्ला वर्षहरूमा निर्वाचनको ३५ दिन भित्र नवीकरण गर्दा हुने व्यवस्था भए पनि यस पटक समयावधि छोट्याइएको हो ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]