• असार १०, २०७९
  • जुनकिरी खबर

इनरुवाको बजेट ७४ करोड

alt

इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को लागि ७३ करोड ९३ लाख ३९ हजार ४ सय १० रुपैंयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा उपप्रमुख बिनिता कुमारी मेहताले वार्षिक बजेट सार्वजनिक गरेकी हुन ।

प्रस्तुत नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रलाई गुणस्तरीय एवं प्रविधिमैत्री बनाइने, नगर क्षेत्रको आधारभूत पूर्वाधार निर्माण गरिने, फोहोरमैला व्यवस्थापन, प्रकोप न्युनिकरण तथा वातावरण संरक्षणलाई जोड दिइएको छ ।

त्यसैगरी व्यवसायिक कृषि, पशुपालन तथा आज आर्जनका कृयाकलाप विस्तार गरिने, संस्थागत क्षमता अभिवृद्धिका लागि जनशक्ति विकास तथा सेवा प्रवाहकालागि आधारभूत पूर्वाधार निर्माण गर्ने र मापदण्ड अनुसारको भौतिक पूर्वाधार विकास र नीतिगत सुधारमा ध्यान दिइने विषय कार्यक्रममा समावेश गरिएको छ ।

नीति तथा कार्यक्रममा गौरबको आयोजनाका रुपमा इनरुवा १ मा रहेको शिव मन्दिर र इनरुवा २ को दुर्गा मन्दिरलाई समावेश गरिएको छ । यस्तै शैक्षिक प्रोत्साहनका रुपमा नगर प्रमुुख छात्रवृती कार्यक्रम अन्र्तगत साइकल वितरण, जेष्ठ नागरिक मिलन केन्द्र निर्माणलाई समेत गौरबको आयोजनामा समेटिएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, वन तथा वातावरण, विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकास, कला साहित्यका साथै जातजाति तथा भाषा संस्कृतिको संरक्षण तथा संवद्र्धन लगायतका सवालमा समेत आवश्यकताका आधारमा यथेष्ट कार्यक्रम र बजेट खर्चिने कार्यक्रममा समावेश छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]