• असार ११, २०७९
  • जुनकिरी खबर

धनकुटामा पोखरीमा डुबेर दुई किशोरको मृत्यु

alt

धनकुटा । धनकुटा नगरपालिका ६ पात्ले खोलास्थित एक पोखरीमा डुबेर शनिबार मध्याह्न दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा ५ का १५ वर्षीय स्वर्णीम राई र धनकुटा २ घर भइ धनकुटा ७ मा आमासँग डेरामा बस्ने १५ वर्षकै उदय राई रहेका छन् ।

धनकुटा एग्रो टुरिजम एन्ड फनभ्यालीमा रहेको पोखरीमा पौडी खेल्नेक्रममा डुबेर सिकिस्त रहेका दुवैको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्येका उदयको जन्मदिन मनाउन साथीहरुसँग उक्त स्थानमा गएका थिए ।

३ मध्ये २ जना पोखरीमा डुबेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । करिब ७ फिट गहिरो पोखरीमा दुवै जना पौडी खेलेको केहीबेरमै डुबेका थिए ।

साथमा रहेका सुदेश राई भने सकुशल छन् । उनी पोखरीको किनारमा रहेको र पौडी खेलिरहेका दुवै साथीहरु डुबेको देखेपछि स्थानीयलाई खबर गरेका थिए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]