• असार १२, २०७९
  • जुनकिरी खबर

इटहरीका अवैध मेनपावरहरुमा छापा, घरधनीलाई पत्र काट्दै प्रशासन

alt

इटहरी । इटहरीमा सञ्चालित मेनपावर कम्पनिलाई कानूनी रुपमा प्रतिबध लगाउन पहल थालिएको छ । जस अनुसार श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरीको सहकार्यमा इटहरीमा सञ्चालित अवैध मेनपावरमा छापा मारेको हो । आइतबार इटहरी भित्र रहेका ७ वटा मेनपावरमा संयुक्त अनुगमन टोलीले छापा मारेको छ । ७ वटामा ३ वटा मेनपावर अवैध भेटिए । तर अधिकाशं अवैध मेनपावरमा पुगेको अनुगमन टोली कार्यालयमा ताला लगाएर हिडेपछि रित्तो हात फर्कियो ।

अनुगमन टोलीले इटहरीको टेङ्ग्रा पुल पारी, धरान लाइन, गोरखा गल्ली तथा लण्डन होटल अगाडिमा रहेका मेनपावरहरूमाथि छापा मारेको थियो ।

ताला लगाइएका अधिकाशं मेनपावर अवैध रुपमा सञ्चालित छन । कम्पनिका सञ्चालक भने कार्यालयमा नरहने र कर्मचारीको भरमा सञ्चालित यस्ता मेनपावरमा पहिलो चरणमा कार्यालय बन्द गराउन कबुलियत पत्रमा हस्ताक्षर गराइएको छ । अनुगमन टोलीले केही मेनपावरका कर्मचारीलाई समेत नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । यसरी सञ्चालित मेनपावर कम्पनिबाट ठगिएको गुनासोको आधारमा अनुगमन गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरले जनाएको छ ।

अनुगमनको क्रममा पूर्व स्विकृत नलिएका, शाखा कार्यालयको लागि स्विकृत लिएका तर इजाजत पत्र नपाएका मेनपावर कम्पनि भेटिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका शाखा अधिकृत पुन्यप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अनुगमनको क्रममा अवैध रुपमा सञ्चालित मेनपावर बन्द अवस्थामा समेत भेटिए । अनुगमनको पूर्व सूचना चुहिएका कारण धेरैजसो कम्पनि ताला ठोकेर सञ्चालक फरार भएका थिए । कतिपय मेनपावरमा महिला कर्मचारी मात्र भेटिएका थिए । अनुगमनको क्रममा अवैध रुपमा सञ्चालित यस्ता मेनपावर कम्पनिका कर्मचारीलाई समेत न्यूनतम पारिश्रमीक समेत नदिइ काममा लगाएको भेटिएको थियो । साथै संयुक्त अनुगमन टोलीले अवैध रुपमा रहेका मेनपावर कम्पनिका घर धनीको समेत विवरण संलग्न गरिएको छ । घर धनीलाई त्यस्ता अवैध मेनपावर कम्पनिलाई घर तथा कोठा भाडामा नदिन पत्र काटिने जनाइएको छ ।

अनुगमनको क्रममा कतिपय मेनपावरले घर भाडा समेत नदिएर दुख दिएको गुनासो अनुगमन टोलीसँग गरेका थिए ।

यसरी दैनिकजसो जन स्तरबाट गुनासो आएसंगै इलाका प्रहरी कार्यालय इटहरीले समेत केही मेनपावर कम्पनिका सञ्चालकलाई नियन्त्रणमा लिन थालेको छ । केही दिनअघि समेत प्रहरीमा बैदेशिक रोजगारमा जानेहरुको गुनासो आएपछि केही मेनपावर कम्पनिमा प्रहरीले छापा मारेको थियो । अब इटहरी उपमहानगर क्षेत्रमा अवैध रुपमा सञ्चालित यस्ता कम्पनिहरु सञ्चालन गर्न नदिने इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

आइतबार अनुगमन गरिएका मेनपावर कम्पनिमध्ये हरि मगरले सञ्चालन गर्ने ग्राण्ड स्वीइट, टंक मान राईको प्रोग्रेसिप र दिपक खतिवडाको लाइफ लाइन मेनपावर अवैध भेटिए । त्यसमा प्रहरीले प्रोग्रेसिप मेनपावरका दुईजना महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]