• असार १३, २०७९
  • जुनकिरी खबर

कानूनी प्रकृया पुरा गरेर एकबद्ध हुन इजाजत प्राप्त मेनपावर व्यवसायीहरूको आग्रह 

alt

इटहरीमा सञ्चालित बिना इजाजतका मेनपावरलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न आह्‍वान गरिएको छ । संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीले सोमबार पत्रकार सम्मेलन गरि बिना इजाजत सञ्चालित मेनपावर कम्पनीलाई तत्काल इजाजत लिन आह्‍वान गरिएको हो ।

इटहरीमा आधिकांश मेनपावरका शाखा कार्यालय बिना इजाजत सञ्चालित छन् । आइतबार श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरीले संयुक्त रुपमा मेनपावरहरूमाथि छापा मारेको थियो । अनुगमनका क्रममा भेटिएका इजाजत नलिएका मेनपावर कम्पनीलाई कानूनी रुपमा दर्ता हुन निर्देशन जारी गरिएको थियो । तथ्याङ्क अनुसार इटहरीमा ६० भन्दा बढी गैरकानूनी मेनपावरका शाखा छन् । जसले गर्दा विदेश जानेहरूको लगानी जोखिममा हुनुको साथै मेनपावर व्यवसायको छवि बिग्रदै गएको व्यापक जनगुनासो बढेको छ ।

यसरी जनगुनासो बढीरहँदा संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीले इजाजतको प्रकृयालाई सहज बनाउन वैदेशिक रोजगार विभाग र सरकारसँग पहल गर्ने संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीका संयोजक दुर्गा थापाले बताए ।

कतिपय मेनपावरका शाखा इजाजतको प्रकृयामा रहेको त कति जथाभावी कोठा भाडामा लिएर अवैध रूपले वैदेशिक रोजगारमा जानेहरुसँग पैसा र पासपोर्ट उठाउने गरेकाले जनगुनासो बढ्दो छ। साथै, मेनपावर कम्पनीको नाममा बिचौलिया बढी हाबी भएका कारण समेत मेनपावर प्रति विश्वास गुम्दै गएको संयुक्त वैदेशिक रोजगार व्यवसायी शाखा इटहरीका सचिव गणेश ओलीले बताए । 

इटहरीमा यतिबेला १६ वटा मात्र मेनपावरका शाखाले मात्र इजाजत लिएका छन् ।

सम्बन्धित समाचारहरु
डिजिटल दुर्व्यवहार र ...

सनातन हिन्दू धर्मकी साधिका राधिका दासीले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीले आफ्नो व्यक्तिगत प्रतिष् ...

विराटनगरको आर्यान न् ...

विराटनगर । विराटनगरस्थित आर्यान न्यूरो अस्पताल र अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकज राज नेप ...

इटहरीमा महिला फुटबल ...

इटहरी रंगशालामा आगामी असार १३ गतेदेखि कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ...

मधेसमा तस्करविरुद्ध ...

रौतहट । रौतहट प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको करिब ९० लाख रुपैयाँभन्दा बढी मूल्यको ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]