• साउन २४, २०७६
  • जुनकिरी खबर

बधशाला नबनाउँदा ३ करोड फिर्ता

alt

विराटनगरमा व्यवस्थित पशु बधशाला बनाउन प्रदेश सरकारले महानगरलाई अनुदान बजेट उपलब्ध गराएको महिनौं भइसक्दा पनि काम अघि बढाइएको छैन । निर्माण नहुँदा ३ करोड रुपैयाँ फिर्ता भएको छ ।

प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले महानगरपालिका ८ मधुमारामा निर्माणाधीन बधशालाका लागि ३ करोड बजेट दिएको थियो । महानगरपालिकाले समयमै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न नसक्दा बजेट प्रयोग हुन नसकेको हो ।

हाल बनेको संरचना बधशालाका लागि उपयुक्त नभएकाले त्यसलाई भत्काएर अर्को बनाउने कि त्यसैलाई परिमार्जन गर्ने भन्ने विषयमा महानगरपालिकाले गैरसरकारी संस्था हेफर इन्टरनेसनल नेपाललाई डिपीआर तयार गर्ने जिम्मेवारी दिएको थियो । तर उक्त संस्थाले डिपिआर तयार नगरेपछि काम सुरु हुन नसकेको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारिले बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]