• असार १५, २०७९
  • जुनकिरी खबर

सुनसरीमा भारी बर्षाको कारण ४६ घरका २ सय बढी विस्थापित

alt

अबिरल बर्षाको कारण आएको बाढीले सुनसरीको धेरै स्थान डुबानको चपेटामा परेको छ । 

डुबानको कारण २ सय भन्दा बढी मानिस विस्थपित हुन पुगेका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका, बर्जु गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिका सबैभन्दा बढी बाढीको चपेटामा परेको छ । ती स्थानीह तहहरुमा हालसम्म ४६ घर डुबानमा परेका छन् भने २३९ जना विस्थापित भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रजिअ यादवका अनुसार इटहरी वडा नं ५ मा बर्षाको कारण १ घरमा क्षति पुगेको छ । उक्त घरका ८ जना परिवार हाल छिमेकीको घरमा सरण लिएर बसेका छन् । यस्तै, बर्जु गाउँपालिका ५ मा गुरुङ र ए देवता टोलमा ट्यांग्रा खोलाको पानी ओभरफुल भएर बस्तीमा पस्दा १५ घर परिवार विस्थापित भएका छन् । प्रजिअ यादवका अनुसार विस्थापित ८ घरका ३२ जनालाई मुसहर भवन र ७ घरका २९ जनालाई रामजानकी प्राविमा स्थानान्तरण गरेर राखिएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका वाड नं ५ मा पनि ३० घरका परिवार पनि विस्थापित भएका छन् । उनीहरुको घरमा बाढीले पानी पसेर बस्न नमिल्ने भए पछि विस्थापित हुन पुगेका छन् । ती मध्ये १६ घरका ९० जना बाँधमा त्रिपाल टागेर बसेका छन् भने १४ घरका ८० जना छरछिमेकको घर टपारा टोलमा बसेका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]