• असार १७, २०७९
  • जुनकिरी खबर

रोटरीको बृक्षारोपण र नेतृत्व परिर्बतन।

alt

इटहरीका रोटरीयनहरुले आज इटहरीको वडा नं १५मा बृक्षारोपण गरेका छन् । रोटरी क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरी युगलले संयुक्त रुपमा आज इटहरी १५ को शम्भुनाथ माबी अगाढीको सडकको दुबै किनारमा आप र असोकका करिब ४०० बिरुवा रोपेको रोटरी क्लब अफ इटहरीका अध्यक्ष संयोग पराजुलीले जानकारी दिनुभयो ।

बृक्षारोपण कार्यक्रममा इटहरी १५ का वडा अध्यक्ष जय नारायण चौधरी, इटहरी उपमहानगरपालीकाका बाताबरण अधिकृत पुष्पनारायण चौधरी, रोटरी क्लबका पदाधिकारी तथा सदस्य, रोट्रयाक क्लब अफ इटहरी र सुनसरीका सदस्य, इन्ट्याक्ट क्लब एस ओ एसका सदस्य र स्थानीय गरि सय जना भन्दा बढीको सहभागिता थियो ।

रोटरीको नया बर्ष जुलाइ फष्टबाट हुने गर्दछ र जुलाइ फष्टमा हरेक बर्ष नेतृत्व पनि परिर्बतन हुने गर्दछ । यही नियम अनुसार आज जुलाइ फष्ट देखि बिश्वभरिनै एकैसाथ रोटरीको नेतृत्व परिर्बतन भएको छ । रोटा बर्ष २०२२,२३ का लागि रोटरी क्लब अफ इटहरीको अध्यक्षमा संयोग पराजुली र सचिबमा चेतन धमला सर्बसम्मत चयन भएका छन् । यसै गरि रोटरी क्लब अफ इटहरी युगलको अध्यक्षमा बिनोद पौडेल र सचिबमा दिक्षा कार्की चयन भएका छन् ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]