• असार १९, २०७९
  • जुनकिरी खबर

प्रदेश १ सरकारको विनियोजन विधेयक बहुमतले पारित

alt

प्रदेश १ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक बहुमतले पारित भएको छ।

प्रदेशसभाको आईतबार बसेको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको हो। विधेयकमाथि उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिने क्रम शनिबार सकिएपछि आईतबार विधेयक पारित भएको हो।

शनिबार ५ घण्टा लामो चलेको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले सांसदहरुले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिएका थिए। सरकारको जवाफपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराउन सभामुख प्रदीपकुमार भण्डारीले आईतबार १२ बजेसम्मका लागि समय प्रदान गरेका थिए। सो अवधिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव सदनमा पेश गरेका थिए।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]