• असार २३, २०७९
  • जुनकिरी खबर

इटहरीकाे मुख्य चाैकमा खुकुरी हानाहान

alt

इटहरीको विरेन्द्र चोक नजिकै  युवाहरुबीच खुकुरी हानाहान हुँदा दुईजना घाइते भएका छन । सेन्टर प्लाजा अगाडी एकाएक आज दिन दाहाडै खुकुरी हानाहान भएको हो । 

सुनसरीको इटहरी स्थित ब्यवसायिक भवन सेन्ट्रल प्लाजा अघाडी युवाहरूको समुहबिच खुकुरी हानाहान हुदा दुइजना युवा घाइते भएका छन भने दुइ जनालाइ प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान सुरू गरेको छ । खुकुरी हानाहान गर्ने दुइ युवालाई प्रहरीले प्रकाउ गरेको छ भने केही युवाहरु फरार रहेका छन  । फरार रहेका युवाहरुलाई प्रहरीले खोजी गरीरहेको छ ।

घाइते मध्ये एकको टाउकोमा चोट लागेको र उनको बिराटनगरस्थित बिराट टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  घटनास्थलमा इटहरी प्रहरीले घटनास्थलबाट एक थान खुकुरी बरामद गरेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरी प्रमुख खगेन्द्र खड्का बताउछन । 

झगडा के कारणले भएको हो सो विषयमा अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेको दुइ जनाको नाम गोप्य राखि अनुशन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]