• असार २३, २०७९
  • जुनकिरी खबर

इटहरीमा काँग्रेस उपसभापतिको छुट्टै भेला

alt

नेपाली काँग्रेस इटहरीका उपसभापति बालकृष्ण विष्टले छुट्टै भेलाको आयोजना गरेका छन् । उपमहानगर सभापति तथा मेयर हेमकर्ण पौडेलले बेवास्ता गरेको र समन्वय नगरेको भन्दै उनले समूहको भेला बोलाएका हुन् । 
 
इटहरीको लायन्स क्लबको हलमा आयोजित कार्यक्रममा उनकै विष्ट समूहका पदाधिकारी तथा सदस्यहरू उपस्थित भएका थिए । १४ औँ अधिवेशनमा उपमहानगर सभापतिका प्रत्याशी उम्मेदवार विकास केसीको सहभागितामा भएको कार्यक्रममा अधिकांश वक्ताहरूले नगर समितिको कामकारबाहीको विषयमा कुरा उठाए । 
 
वडा नम्बर ३ को वडाध्यक्षको उम्मेदवार रहेका उनी पराजित भएका थिए । नेपाली काँग्रेसकै बागी उम्मेदवारको कारण आफू पराजित भएको भन्दै उनीहरूलाई कारबाही हुनुपर्ने उनको माग छ । चुनावमा पराजित उम्मेदवारको आत्मबल बढाउन समीक्षा बैठक बोलाउनुपर्ने उनको भनाई छ । उपमहानगर समितिमा गुटबन्दी हाबी भएको भन्दै विष्टले आगामी चुनावमा एकजुट भएर लाग्नुपर्ने धारणा राखे । 
 
हाल इटहरी काँग्रेसका सभापति पौडेल मेयरमा निर्वाचित भएपछि उपसभापति कोविदजंग कार्कीले कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिरहेको छन् । कार्कीले केही दिन अगाडी कोषाध्यक्षमा सुशीला चौधरीलाई नियुक्त गरेपछि अर्का उपसभापति विष्ट पक्षले असन्तुष्टि जनाउँदै आएको छ । विधानमा सभापतिले सर्वसम्मत बहुमतको आधारमा कोषाध्यक्ष तोक्ने प्रावधान भए पनि कार्यवाहक सभापतिले एकलौटी गरेको उनीहरूको तर्क छ । महाधिवेशन प्रतिनिधि समेत रहेका केसीले पार्टी विधान अनुसार चल्न नसकेको आरोप लगाए । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]