• असार २४, २०७९
  • जुनकिरी खबर

प्रदेश १ को नाममा सर्वदलीय छलफलमा जुटेन सहमति

alt

विराटनगर । प्रदेश १ को नामकरणका लागि सहमति जुटाउन बसेको सर्वदलीय छलफल बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार मुख्यमन्त्री कार्यालयमा नामको विषय छलफलका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको छलफल भएको थियो । छलफल बिना निष्कर्ष टुङ्गिएको नेकपा एमाले प्रदेश सांसद हिक्मतकुमार कार्कीले बताए ।

उनका अनुसार बैठकमा चर्चामा आएकै नामहरु प्रस्तुत भएको थियो । कोशी, कोशी किराँत, किराँत, सगरमाथा, लिम्बुवानलगायत नामका विषयमा छलफल भए पनि दलहरुबीच सहमति नजुटेको उनले बताए ।

नेकपा एमालेले भूगोलका आधारमा कोशी प्रदेश राख्नुपर्ने बताउँदै आएको छ । सत्तारुढ दलका नेताहरुले भने पहिचानको मुद्दा रहेकोले नामसँग पहिचान जोड्नुपर्ने बताएका थिए ।

बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राखेका थिए । एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले बैठकमा जातीय पहिचान झल्कने खालको नाम राख्न नहुने पक्षमा एमाले रहेको बताए ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]