• असार २९, २०७९
  • जुनकिरी खबर

अधिकारीले गरे प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उमेदवारीमा घोषणा

alt

नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा सरोज अधिकारीले केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीले बुधबार विभिन्न बिटमा काम गरिरहेका पत्रकारहरूसँगको छलफलको क्रममा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

यसअघि कांग्रेस बिटमा काम गरिरहेका क्रियाशील पत्रकार, सम्पादक, जिल्ला अध्यक्ष र पार्षदहरूसँग राय लिइसक्नु भएको अधिकारीले बुधबार भने औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नुभएको थियो । 

“प्रेस युनियनको केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा गर्न चाहन्छु,” अधिकारीले भन्नुभयो, “अब म अध्यक्षको उमेदवारीबाट पछि हट्ने छैन ।” उहाँले आफू सँधै श्रमजीवी पत्रकारको साथमा रहेको बताउँदै श्रमजीवी पत्रकारको पक्षमा कसैसँग सम्झौता नगर्ने, पत्रकारको हकहित र पेशागत सुरक्षा र पत्रकारको क्षमता अभिवृद्धिका लागि काम गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।  

संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक पत्रकार समाज ( सेजन), खेलकुद पत्रकार मञ्च, फोटो पत्रकार क्लब, चलचित्र पत्रकार संघ, नेपाल सहकारी पत्रकार समाज, स्वास्थ्य पत्रकारलगायतका शुभेच्छुक पत्रकारहरूको सहभागिता थियो । 

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]