सुनसरीलाई विहीबार पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि सुनसरीलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।
जिल्लाका जन्मिएदेखि १५ महिनासम्मका सबै बालबालिकाले सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चित कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मानव स्वास्थ्यका निम्ति शिक्षाबाट प्रेरित भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले भौतिक विकास भन्दा मानवीय विकास महत्वपूर्ण भएको बताउनुभयो ।
मन्त्री कार्कीले चेतनाले समाजलाई नयाँ रुपमालिएर जाने बताउँदै श्रमको आधारमा सम्मानगर्ने वातावरण सिर्जना गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश नं. १ निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेत, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता, कोशी गाउँपालिका प्रमुख अयूव अनसारी, दुहवी नगरपालिका उपप्रमुख मेनुका खतिवडा लगायतले पूर्ण खोप सुनिश्चितालाई दिगो बनाउनविशेष रणनीति बनाएर अघि बढनु पर्नेमा जोड दिनुभयो । जिल्ला स्वास्थ्यकार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले २०७२ सालबाट थालिएको अभियान आठ वर्षपछि सफलभएको बताउनुभयो ।
Copyright © 2019 / 2026 - Junkirikhabar.com All rights reserved