• साउन ९, २०७९
  • जुनकिरी खबर

सुनसरीमा ७ बोरा गाँजा सहित एक जना पक्राउ

alt

सुनसरीको इनरुवा नगरपालिका-४ बाट ठुलो परिमाणको गाँजा सहित एक जना पक्राउ परेका छन् । 

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख २९२६ नम्बरको  पिकअपलाई चेकजाँच गर्ने क्रममा सात वटा बोरामा रहेको २०८ केजी गाँजा फेला पारी बरामद गरेको हो । पिकअपमा गाँजा बरामद भएसँगै चालक सहिद भूमि गाउँपालिका-२ धनकुटाका २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय  सुनसरीबाट थप अनुसन्धान भइरहेको छ   ।

यसैगरी शनिवार दिउँसो ३ बजे  अस्थायी प्रहरी पोस्ट बेलहरा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरान तर्फ आउँदै गरेको प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । गाडीमा गाँजा बरामद भएसँगै चालक शहिदभुमी गाउँपालिकाका५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]