• साउन ११, २०७९
  • जुनकिरी खबर

एसईईको नतिजा सार्वजनिक, ९,६३३ ले ल्याए उच्च जीपीए

alt

राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । शैक्षिक सत्र २०७८ को ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० जना  परिक्षार्थि रहेकामा ४ लाख ९५ हजार ७५१ जना मात्र  परीक्षामा सहभागी भएका थिए । ४.५७ प्रतिशत विद्यार्थी अनुपस्थित भएको बोर्डले जनाएको छ ।

परीक्षा दिएकामा सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन ९ हजार ६३३ जना रहेकाे बाेर्डले जनाएकाे छ । 

कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । 

सार्वजनिक नतिजा अनुसार ३.६१ देखि ४ ग्रेड ल्याउनेको संख्या १‍.९४ प्रतिशत, ३.२१ देखि ३.६० जीपीए ल्याउनेको सख्या १.४० प्रतिशत, २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १४.१३ प्रतिशत,  २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या १८.३१ प्रतिशत,  २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या २२.७४ प्रतिशत, १.६१ जीपीएदेखि २.० जीपीए ल्यानेको संख्या २०.२९ प्रतिशत,  १.६१ जीपीएदेखि २.० जीपीए ल्यानेको संख्या २०.२९ प्रतिशत र १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ९.० प्रतिशत रहेकाे बोर्डका परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले बताएका छन्  ।

उनका अनुसार  नन ग्रेड ल्याउनेको संख्या ४.५५ रहेको छ भने ०.८१ देखि १. २० जीपीए ल्याउनेको संख्या ०.६६ प्रतिशत रहेको छ ।

परिक्षाकाे नतिजा परीक्षार्थीले बोर्डको वेबसाइट, एसएमएस र आइभीआरबाट  हेर्न सकिने व्यवस्था गरिएकाे छ । नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्राली, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्राली, इडीयु सञ्जाल र रिडर्स पोइन्ट प्रालीले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]