• साउन ११, २०७९
  • जुनकिरी खबर

प्रदेश १ मा ४ सय ४७ कोरोनाका सक्रिय संक्रमित

alt

प्रदेश १ मा बुधबारसम्म ४ सय ४७ जना कोरोना संमक्रमित रहेको प्रदेश जनस्वास्थ्य महाशाखाले जनाएको छ । महाशाखाकी सूचना अधिकारी डा संगीता राईले संक्रमित मध्ये दुई जनाको आईसीयूमा राखेर उपचार भइरहेको बताइन् । पछिल्लो पटक प्रदेश १ मा कोरोनाबाट एक जनाको मृत्यु भएको र हालसम्म कोरोनाबाट २ हजार २ सय ६१ जनाले ज्यान गुमाएको महाशाखाको तथ्यांक छ ।

पछिल्लो पटक प्रदेश १ मा कोरोनाको प्रभाव मोरङ, सुनसरी र झापामा बढी छ । राईका अनुसार कोरोना संक्रमित प्रतिशत सयमा ४० छ । पीसीआर र एन्टीजेन परीक्षण अत्यन्तै न्यून छ । 

मोरङ कारागारका ५४ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये ५१ जना निको भएर कारागार फर्किसकेका कारागार प्रमुख तुलसी भगतले बताए । उनका अनुसार अन्य संक्रमितको कोसी कोभिड अस्पतालका उपचार भइरहेको छ ।

सम्बन्धित समाचारहरु
इटहरीका दुई विवादमा ...

प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सुनसरी क्षेत्र नम्बर–३ का सांसद अशोक चौधरीले ...

इटहरीका निजी विद्याल ...

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्रका निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनोमानी रूपम ...

सुनसरीका यी पोल्ट्री ...

जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयल ...

इटहरीमा स्कुल बसको ठ ...

इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ...

हाम्रो बारेमा

शब्दचित्र मिडिया प्रा.लि.द्धारा प्रकाशित डिजिटल पत्रिका जुनकिरीखबर डटकम

सम्पर्क

  • ईटहरी-२ सुन्सरी/प्रदेश नं.१, कोशी, नेपाल
  • कम्पनी दर्ता नं.: २१२३८१/०७५/०७६
  • स्थायी लेखा नं.: ६०६८५२२४९
  • मोबाइल नं.: ९८४२०३४५४६
  • इमेल: [email protected]